सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रकाे आयोजना एवम् कैलाली बहुमुखी क्याम्पसकाे प्रायोजककत्वमा सहिद भीमदत्त पन्त स्मृति दिवसको पावन अवसरमा मिति २०८२/४/१७ गते कैलाली बहुमुखी क्याम्पस, धनगढीमा एकदिवसीय विचार गोष्ठी आयोजना गरियो। सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक प्रा.डा. हरिशचन्द्र भट्टको अध्यक्षता तथा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयाेगका अध्यक्ष प्राध्यापक यज्ञराज भट्टज्यूकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमा प्रा.डा. मुकुन्द कलौनी, प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ बासुदेव पाण्डे र कल्याण ओझाले आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए, भने सहप्राध्यापक गणेशराज जाेशी, सहप्राध्यापक हरिकृष्ण कडायत र पदमराज जाेशीज्यूले कार्यपत्रमाथि टिप्पणी गरेकाे कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. लाेकबहादुर विष्टले स्वागत भाषण गरेका थिए भने कार्यक्रमकाे सफल सञ्चालन बासुदेव विष्टले गर्नु भएको थियाे । कार्यक्रमकाे विशेष आकर्षण सहिद भीमदत्त पन्तका ९४ वर्षीय सहाेदर भाइ सिद्धराज पन्तको सम्मान रहेकाे थियो । साे कार्यक्रममा विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक सहप्राध्यापक डाक्टर दमनबहादुर चलाउने, कैलाली जिल्ला समन्वय प्रमुख टीका कुमारी चाैधरी, प्रजातन्त्रवादी प्राध्यापक संघ विश्वविद्यालय केन्द्रीय क्याम्पसका अध्यक्ष मदनसिंह बाेहरा, नेपाल रानाथारू समाजका अध्यक्ष कामलसिंह राना, अछामी सेवा समितिका उपाध्यक्ष चेतमान कडायत, बैतडी समाजका अध्यक्ष मायाप्रकास भट्ट, सूर्मादेवी बझाङी समाजका अध्यक्ष जनकबहादुर सिंह, डेउडा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष भक्तराज जाेशी, डेउडा संस्कृत संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ध्रुवबहादुर सिंह, दार्चुला सेवा समितिका अध्यक्ष करवीर सिंह साउद, स्ववियु सभापति सन्तोष पन्तज्यू लगायत विभिन्न विद्यार्थी संघसंगठन, राजनीतिक पार्टीका प्रतिनिधि, पत्रकार, समाजसेवी, प्राध्यापक एवम् कर्मचारीज्यकाे सहभागीताले कार्यक्रम भव्य र सव्य बन्नपुगेकाे थियोे !