सुदूरपश्चिमविश्वविद्यालयले दुई दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न | सुदूरपश्चिम विश्वविद्यालयद्वारा मिति २०८३ श्रावण १६ र १७ गते आयोजित "Two-DayCapacity Enhancement Workshop on Administrative Management and AIIntegration" सफलतापूर्वक सम्पन्न भएकोछ।
विश्वविद्यालयका उपकुलपतिप्रा. डा. किसनदत्त भट्टज्यूको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कार्यशालाकोउपलब्धि, सिकाइ तथा भावीकार्यदिशाबारे विस्तृत समीक्षा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले प्रशासनिकव्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी,प्रविधिमैत्री तथा परिणाममुखी बनाउन कृत्रिमबुद्धिमत्ता (AI) को उपयोगिता रव्यवहारिक प्रयोग सम्बन्धी ज्ञान, सीप तथा अनुभवआदानप्रदान गरेका थिए।
दुई दिनसम्म सञ्चालन भएकोयस कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, स्कूल प्रमुख, विभाग प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यशालामा प्रशासनिकव्यवस्थापनका समसामयिक विषय, सुशासन, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, डिजिटल रूपान्तरण तथा कृत्रिम बुद्धिमत्ता (AI)लाई विश्वविद्यालयको प्रशासनिक प्रणालीमाप्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा विज्ञहरूद्वारा सहजीकरण गरिएको थियो।
समापन समारोहलाई सम्बोधनगर्दै उपकुलपति प्रा. डा. किसनदत्त भट्टज्यूले कार्यशालाबाट प्राप्त ज्ञान,सीप र अनुभवलाई दैनिक प्रशासनिक कार्यसम्पादनमाव्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयकोप्रशासनलाई आधुनिक, प्रविधिमैत्री,पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन यस्ता क्षमता अभिवृद्धिकार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।