Enquiry

+977-099-520729

info@fwu.edu.np

News Detail

  • By / Super Admin
  • Aug 10, 2026

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरेका विद्यार्थीको विदेश अध्ययनको NOC सेवा डिजिटल प्रणालीमार्फत गर्ने सम्बन्धी द्विपक्षीय समझदारी–पत्रमा शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच हस्ताक्षर भएको छ।

विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई विदेश अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) सम्बन्धी सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले द्विपक्षीय समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

समझदारी–पत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्ट र शिक्षा तथा खेलकुद मन्त्रालयका सह–सचिव श्री श्रीप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्। कार्यक्रममा विश्वविद्यालयका सहायक प्रशासन प्रमुख नवीनबहादुर बम तथा मन्त्रालयका सूचना प्रविधि निर्देशक सलिना डंगोल रोहवरका रूपमा उपस्थित थिए।